घट्यो उद्योग मन्त्रालयको बजेट



काठमाडौं । सरकारले चालु आवको तुलनामा आगामी आवका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि कम बजेट बिनियोजन गरेको छ ।

आगामी आवका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि सरकारले ९ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन गरेको छ।

अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरिरहेको बजेटमा आगामी आवका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन गरिएको हो ।

चालु आवमा सरकारले यो मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट बिनियोजन गरेको थियो ।


क्लिकमान्डु