दोधारा चाँदनीमा सुक्खा बन्दरगाहा निर्माण गरिने घोषणा



काठमाडौं । सरकारले कञ्चनपुरको सीमा नाकामा सुक्खा बन्दरगाहा निर्माण गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भारत र नेपालको व्यापार पर्वधन गर्न सुक्खा बन्दरगाहा निर्माण गरिने बताएका छन् ।

दोधरा चाँदनीमा सुक्का बन्दरगाहा निर्माण गर्न भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

आगामी तीन वर्ष भित्र बन्दरगाहा निर्माण गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा सहमति हुने कार्यक्रम छ ।

यस्तै, उक्त परियोजनाको वातावरणिय प्रभाव मुल्यांकन पारित समेत भईसकेको छ ।


क्लिकमान्डु