रासायनिक मल अनुदान साढे ८ अर्बले घट्यो



काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान रकम घटाएको छ । अर्थमन्त्री प्रकाशशरण महतले २०८०/८१ को बजेट प्रस्तुत गरेको बजेटमा गत वर्षको तुलनामा यो वर्षको बजेटमा अनुदान घटाएको हो ।

सरकारले गत वर्षको बजेटमार्फत् १५ अर्ब ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, उक्त रकमले रासायनिक मल खरिदमा नपुग भएपछि सरकारले २०७९ साउन २७ गते पुन १६ अर्ब स्रोत सुनिश्चित गरेको थियो ।

साथै, सरकारले पुनः ७ अर्ब ५० करोडको स्रोत सहमति प्रदान गरी कुल ३८ अर्ब ५० करोड ६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

तर, सरकारले यो वर्ष ३० अर्ब रुपैयाँ मात्रै रासायनिक मल अनुदान दिने घोषणा गरेको छ । जुन गत वर्षको तुलनामा साढे ८ अर्बले कमी हो ।


क्लिकमान्डु