
काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहका लागि सशर्त अनुदानतर्फ २ खर्ब २७ अर्ब ६१ करोड बिनियोजन गरेको छ ।
आव २०८०/०८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय र प्रदेश सरकारलाई दिइएको अनुदानबारे बताएका हुन् । उनकाअनुसार सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड, स्थानीय तहलाई १ खर्ब ९१ अर्ब ९९ करोड गरि २ खर्ब २७ अर्ब ६१ करोड बिनियोजन गरिएको हो ।
त्यस्तै, समपुरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २२ करोड, स्थानीय तहलाई ७ अर्ब ५ करोड गरि १३ अर्ब २७ करोड बिनियोजित भएको छ ।
त्यसतै, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४६ करोड र स्थानीय तहलाई ८ अर्ब ७३ करोड बिनियोजित भएको अर्थमन्त्री महतले बताए ।
सँगै, राजस्व बाँडफाँडबाट प्रदेश र स्थानीय तहमा जम्मा १ अर्ब ७३ अर्ब ९२ करोड रकम हस्तान्तरण हुने अनुमान गरिएको अर्थमन्त्री महतले बताए ।
अहिले आगामी आवको लागि बजेट प्रस्तुत भइरहेको छ ।
प्रतिक्रिया