बजेट भाषण गर्न अर्थमन्त्री प्रकाशशरण महत संसद् भवन पुगे



काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणका लागि अर्थमन्त्री प्रकाशशरण महत संसद भवन पुगेका छन् ।

मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेलगत्तै उनी ‘बजेटको झोला- ब्रिफकेस’ बोकेर संसद भवन पुगेका हुन् ।

सिंहदरबारमा केही बेरअघि बसेको मन्त्रिपरिषद् बैठकले बजेटको अंक पारित गरेको थियो ।

संयुक्त सदनको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् । हरेक जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


क्लिकमान्डु