भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने हुन्छः पर्यटनमन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने बताएका छन् ।

ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताएका हुन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको दवावमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई भने खोज्नुपर्ने बताए । मन्त्री किरातीले शहीदहरुमाथि अपमान हुन नदिन पनि भ्रष्टाचार विरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए ।

उनले भने ‘हामीले भ्रष्टाचारको विरुद्ध लाग्नै पर्दछ । हिजो हामी सुन्थ्यौं–ठूला माछाहरु छ नेपालमा । यी ठूला माछाहरु समाउन सकिएका छैनन् । भ्रष्टाचारको कुरा ग¥यो भने खोल्साखाल्सीमा रमाउने गंगटो, भ्यागुता र चेपाहरु मात्रै पक्रन्छन । ठूला माछाहरु उम्किन्छ भन्थे । जनताले घरघरबाट, मोवाइलहरुबाट गरेको दवावले आज डल्फिनहरु प्नि समाइएका छन । तर अझै हामीले खोज्नु छ । ती डल्फिनका बाबा, आमाहरु कहाँ होलान ? ती डल्फिनलाईं जन्माउने बाबा, आमाहरु कुन चाँही नदीको, कुन चाँही समद्रको क्रूमा बसेका होलान ? तिनका बोसहरु के गर्दै होलान ? तिनीहरुलाई पनि हामीले बत्ति बालेर खोज्नु छ । अव हामीले यो भ्रष्टाचारको विरुद्धमा संघर्ष गर्ने, युद्ध छेडने, समृद्ध नेपालको निम्ति संकल्प गर्ने अनि मात्रै शहीदले देखाएको बाटोमा हाम्रा पाईलाहरु अगाडि सर्न सक्छ । अन्यथा शहीदको बलिदानबाट आएको यो व्यवस्थाको रक्षाका लागि यसका विरुद्धमा लडन सकेनौ भने शहीदमाथि अपमान हुनेछ ।’


क्लिकमान्डु