योजना आयोगको सदस्यमा ढुंगाना नियुक्त, दुई वटा जलविद्युत आयोजनालाई रुख हटाउन स्वीकृति



काठमाडौैं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङकी अनिता ढुंगानालाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै उक्त बैठकले भदौ ५ देखि ९ गतेसम्म क्यानडामा आयोजना हुने विश्व वातवारण सुविधाको ७औं सभा तथा सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै सिन्धुलीमाडी–भूमेस्थान–चकमके–उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले मध्य तमोर जलविद्युत आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने निर्णय गरेको छ ।


क्लिकमान्डु