घुस खाएको र खुवाएको प्रमाणित गर्न मन्त्री किरातीको चुनौती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस खाएको र खुवाएको प्रमाणित गर्न चुनौती दिएका छन् ।

मन्त्री किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थालेको उल्लेख गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा उनले मर्दा ५ सय रुपैयाँ र ५ फिट जिमन चाहिने उल्ललेख गर्दै घुस लिएको वा दिएको प्रमाणित गरे आफू एक मिनेट नबस्ने उल्लेख गरेका छन् ।

‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…’ मन्त्री किरातीले लेखेका छन् ।


क्लिकमान्डु