प्रतिनिधि सभा बैठक: अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री दाहालले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

भोलि(जेठ १५) मा सरकारले बजेट ल्याउँदै छ ।


क्लिकमान्डु