यात्रुले उडिरहेको विमानको ढोका खोलेपछि…



सांकेतिक तस्बिर

एजेन्सी । एक जना उद्दण्ड यात्रीमाथि अवतरणको तयारीमा रहेको विमानको आपतकालीन ढोका खोलेको आरोप लागेको छ । यद्यपि, विमान सुरक्षित रुपमा अवतरण भएको छ ।

दक्षिण कोरियाको राजधानी सोलबाट २४० किलोमिटर दक्षिण–पूर्वमा अवस्थित डेगु विमानस्थलमा अवतरणको तयारीमा रहेको एसियाना एयरलाइन्सको विमानको आपतकालीन द्वार एक जना उद्दण्ड यात्रीले जबर्जस्ती खोलेका हुन् ।

उनले धावनमार्गबाट २०० मिटरको उचाइमा विमान रहेकै बेला ढोका खोल्दा यात्रीलाई सास फेर्न गाह्रो भएको थियो ।

मध्यआकाशमा विमानको आपतकालीन द्वार खोल्ने ती यात्रीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ ।


क्लिकमान्डु