सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु