नामिबियाद्वारा १० अर्ब डलरको हाइड्रोजन परियोजना स्वीकृत



एजेन्सी । नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ । नामिबियन कम्पनी हाइफन हाइड्रोजन एनर्जीद्वारा सञ्चालन गरिने परियोजना दशकको अन्त्यसम्ममा पूर्णरूपमा सञ्चालन हुने र वार्षिक करिब २० लाख टन हरियो एमोनिया उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

परियोजनाले क्षेत्रीय र विश्वव्यापी बजारको मागलाई पूरा गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।  परियोजनाले देशको अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन गर्दै र यसलाई विश्वव्यापी हरित ऊर्जा बजारमा स्थापित गर्नुका साथै समृद्ध भविष्यतर्फ लम्किन नामिबियाका लागि कोसेढुंगाको सावित हुने विश्वास गरिएको छ ।

परियोजना नामिबियाको राष्ट्रिय एजेन्डा हारामबी समृद्धि योजनासँग मिल्दोजुल्दो रहेको र आर्थिक रूपान्तरणका लागि उत्प्रेरकको रूपमा इन्धन उद्योगको अन्वेषणलाई जोड दिने बताइएको छ ।

हाइफन हाइड्रोजन एनर्जीले परियोजनाको प्राविधिक, वित्तीय, वातावरणीय, सामाजिक र व्यावसायिक पक्षहरूको निरीक्षण गरिँदै छ ।

साथै, नामिबिया सरकारले देशको हरित हाइड्रोजन उद्योगको स्थापना र दिगो सञ्चालनलाई समर्थन गर्दै आवश्यक भूमि उपलब्ध गराएर बलियो कानुनी, वित्तीय र नियामक ढाँचा स्थापना गरेर योगदान गर्ने बताइएको छ ।

हरित हाइड्रोजन उद्योगको विकासका लागि वित्तपोषण गर्न र सरकारको सहभागितालाई जनाउन विभिन्न विश्वव्यापी साझेदारहरूबाट पाँच सय ७८ मिलियन अमेरिकी डलरभन्दा बढी रकमको कोष सुरक्षित गरिएको छ ।


क्लिकमान्डु