जागिर खोलिएको गलत सूचना प्रवाह भइरहेको छ: टेलिकम



काठमाडौं । नेपाल टेलिकमले केही दिन यता सामाजिक सञ्जालहरुमा कर्मचारी माग गरिएको भन्दै गलत सूचना प्रवाह भइरहेको जनाएको छ ।

केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न जागिर खोलिएको भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको भन्दै कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न टेलिकमले आग्रह गरेको हो ।


क्लिकमान्डु