भिभो ब्रान्डको मोबाइल बेच्ने एपेक्स मनकामनाको आम्दानी १ अर्ब ३३ करोड



काठमाडौं । भिभो मोबाइल ब्रान्डको मोबाइल बेच्ने एपेक्स मनाकामना प्रालिको व्यापार ३ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२१ को तुलनामा सन् २०२२ मा १५ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब २९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२२ मा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँ व्यापार गरेको थियो ।

तर, पछिल्ला ४ वर्षको अवधिमा भने व्यापार १५ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा परिमाणमा भने कमी आएको छ । कम्पनीले सन् २०२२ मा ८५ हजार ५२६ सेट मोबाइल बिक्री गरेको छ । सन् २०२१ मा ८७ लाख ९७१ सेट मोबाइल बिक्री गरेको थियो।

त्यस्तै, कम्पनीले सन् २०२२ मा ०।८९ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२१ मा १.५६ प्रतिशत नाफा कमाएको थियो ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले बागमति, नारायणी र जनकपुर अञ्चलमा भिभो स्मार्टफोन र अन्य सामग्री बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मेगा वीस्डम लिमिटेडसँग सम्झौता गरी नेपालमा भिभो मोबाइल भित्र्याएको छ ।

त्यस्तै, कम्पनीले अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ । एपेक्स ग्रुपद्वारा सञ्चालित कम्पनीको अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सिना हुन् । साथै, सुधिरप्रसाद तिमिल्सिना उपाध्यक्ष हुन् । तिमल्सिना शुभश्री अग्नी सिमेन्टको अध्यक्ष पनि हुन् ।


क्लिकमान्डु