बैंकिङ प्रणालीमा ६ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँ



काठमाडौं । बैंकिङ प्रणालीमा चलन चल्तिमा ६ खर्ब २३ अर्ब ८९ करोड ७८ लाख ९ हजार ९४१ रुपैयाँ रहेको छ । वैशाख मसान्तसम्म प्रणालीमा उक्त रकम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०७९ असार मसान्तको तुलनामा चलन चल्तिमा रहेको मुद्रा ११ अर्ब ८७ करोड २ लाख ५ हजार ९७१ रुपैयाँले बढेको छ । असार मसान्तमा ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार ९७० रुपैयाँ रहेको थियो ।

वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २ खर्ब १२ अर्ब ८३ करोड ८ लाख ३५ हजार ६२६ रुपैयाँ रहेको छ । जुन गत असार मसान्तमा १ खर्ब ८८ अर्ब ८४ करोड ३२ लाख ९१ हजार ३२७ रुपैयाँ रहेको थियो ।

वैशाख मसान्तसम्म गत असारको तुलनामा राष्ट्र बैंकमा रहेको नेपाल सरकारको पैसा २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख ५४ हजार ७०४ रुपैयाँबाट घटेर १ खर्ब ८४ अर्ब ५९ करोड ३७ लाख ६९ हजार ७२२ रुपैयाँ रहेको छ ।

वैशाख मसान्तसम्म अन्तराष्ट्रिय मुद्रा कोषलाई तिर्न बाँकी रकम ११ अर्ब ८ करोड ४६ लाख ४७ हजार ९६८ रुपैयाँ रहेको छ । गत असार मसान्तमा ११ अर्ब ४६ करोड २३ लाख ४२ हजार ४१० रुपैयाँ रहेको थियो ।

सरकारको अन्य दायित्व १ अर्ब ७७ करोड ५८ लाख ७८ हजार ७०१ रुपैयाँ रहेको छ । जुन गत असार मसान्तमा १ अर्ब ३१ करोड ४३ लाख ९२ हजार ६४६ रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु