सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूलय प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतिथोला १३ सय ६५ रुपैयाँ कायम भएको थियो ।


क्लिकमान्डु