सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुन-चाँदीको मूल्य घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु