प्राधिकरणको नियन्त्रणमा आउनुअघिको बक्यौता स्मार्ट टेलिकमल आफैंले तिर्नुपर्ने



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्राधिकरणको नियन्त्रणमा आउनुअघिका कुनै पनि संस्था वा सर्वसाधारणलाई बुझाउनुपर्ने बक्यौता टेलिमकले नै तिर्नुपर्ने जनाएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै स्मार्टले तिर्नुपर्ने बक्यौता टेलिकमकै जिम्मेवारी भएको र त्यसमा प्राधिकरण वा सरकारको कुनै दायित्व नहुने जनाएको छ ।

गत वैशाख ३ गते स्मार्ट टेलिकमको अनुमति पत्र रद्द भएको थियो । नियमअनुसार अनुमतिपत्र नवीकरण नगरेका कारण टेलिकमको अनुमति पत्र रद्द भएको थियो ।

प्राधिकरणले अनुमति पत्र रद्द भएपछि सरकार, प्राधिकरण तथा अन्य संस्थाहरुलाई तिर्नुपर्ने रकम असुल गर्नका लागि नियमाअनुसार स्मार्टको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार तथा संरचनालगायत प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

मंगलबार प्राधिकरणले एक सूचना प्रकाशित गर्दै स्मार्ट टेलिकमलाई आफूले नियन्त्रणमा लिनु अघि (वैशाख २१ गतेभन्दा अगाडि) सर्वसाधारण तथा संस्थाहरुलाई तिर्न बाँकी रहेको सम्पूर्ण बक्यौता टेलिकमकै दायित्व भएको जनाएको छ ।


क्लिकमान्डु