चिनियाँ नीति बैंकद्वारा चीन-मध्य एसिया सहयोग विस्तार



एजेन्सी । चीनको नीति बैंक चाइना डेभलपमेन्ट बैंकले चीन-मध्य एसिया सहयोगलाई प्रगाढ बनाउन आर्थिक सहयोग बढाएको छ ।

नीति बैंकले चीन र मध्य एसियाली देशबीचको अर्थतन्त्र, व्यापार, लगानी, यातायात, कृषि, ऊर्जा र स्रोत साधनलगायतका क्षेत्रमा आयोजनालाई सहयोग गर्न १० अर्ब युआन (करिब १ अर्ब ४३ करोड अमेरिकी डलर) विशेष ऋण उपलब्ध गराएको छ ।

चाइना डेभलपमेन्ट बैंकले अन्तर्राष्ट्रिय स्तरमा लगानी सञ्चालन सुरु गरेको पहिलो क्षेत्र मध्य एसिया हो ।

सन् २०२२ को अन्त्यसम्ममा नीति बैंकले मध्य एसियाका पाँच देशमा ऊर्जा र स्रोत, पूर्वाधार र यातायातलगायतका क्षेत्रमा १३४ परियोजनालाई सहयोग गरिसकेको छ ।


क्लिकमान्डु