च्याटजिपिटीजस्ता एआईमाथि नियन्त्रण गर्दै भारत सरकार



काठमाडौं । भारतले आर्टिफिसियल इटिलिजेन्स (एआई)मा आधारित प्रविधिमाथि कडाइ गर्ने भएको छ । भारतका केन्द्रीयमन्त्री अश्विनी वैष्णवले एआईमा आधारित च्याटजिपिटी र बार्डजस्ता एआई प्लेटफर्मलाई सरकारले नियन्त्रणमा राख्ने योजना बनाइरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘जब च्याटजिपिटी र बार्ड जस्तै प्लेटफर्मको कुरा आउँछ, तब प्रतिलिपि अधिकार र एल्गोरिदमको विषय चिन्ताजनक देखिन्छ ।’ सँगै उनले पुरै विश्वले नै एआईका लागि नियन्त्रण गर्ने फ्रेवर्क बनाउनुपर्ने आशंका पनि व्यक्त गरेका छन् ।

‘पुरै दुनियाँले अहिले एआईलाई कडाइ गर्नुपर्छ कि पर्दैन भनेर हेरिरहेको छ । जि सेभेन देशहरुका प्राविधिक मन्त्रीहरु अहिले यसलाई कसरी कडाइ गर्ने भन्ने फ्रेमवर्कको विषयमा गम्भीर छन्,’ उनले भनेका छन् ।

भारतले भने एआईसँग सम्बन्धित कानुनलाई अन्य समान विचारधारा भएका देशसँग मिलेर बनाउने समेत बताएका छन् ।

अहिले च्याटजिपिटी र बार्डजस्ता एआईमा च्याटबटहरु निकै चर्चित छन् । तर, यिनीहरुको चर्चासँगै प्रतिलिपि अधिकारको हननजस्ता विषय पनि अघि आइरहेका छन् ।


क्लिकमान्डु