भारतका सात राज्यमा चर्को गर्मी, ‘उष्ण लहर’बाट जोगिन नागरिकलाई आग्रह



एजेन्सी । भारतको मौसम विज्ञान विभागले सातै राज्यका लागि ‘उष्ण लहर’का कारण वातावरण अत्यधिक तातो रहने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बंगाल, झारखण्ड, दक्षिण हरियाणा, पश्चिम राजस्थान, छत्तीसगढ र उत्तरी मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना छ ।

पाँच दिनसम्म उडिसाका साथै कोंकण क्षेत्र, आन्ध्र प्रदेश, तमिलनाडु र केरलामा सोमबारसम्म तातो र असहज मौसम रहने अनुमान गरिएको छ ।

भारतका चर्को गर्मीले कयौँ राज्यमा प्रभाव जमाइरहेका बेला मानिसले राहतका लागि आइसक्रिम र चिसो पेय पदार्थको प्रयोग गर्न थालेपछि सम्बन्धित उद्योगले मागअनुसार सामान आपूर्ति गर्नसमेत नसकेको बताइएको छ ।


क्लिकमान्डु