नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी: रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै ओलीले देशमा पहिलो पटक तर्जुमा भएको जस्तो गरी सरकार प्रस्तुत भएको आरोप लगाए ।

देश असामान्य अवस्थगाबाट गुज्रिरहेको भन्दै ओलीले जनतामा असन्तुष्टि व्याप्त रहेको बताए । सरकारप्रति जनताको विश्वास अभूतपूर्व ढंगले ह्रास भएको दाबी गरे।

अर्थतन्त्र संकटापन्न भएको देखिएको र राजस्व उठाउन सरकार असफल भएको बताए । सरकार अनिवार्य खर्च व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

भने, ‘देश असामान्य अवस्थामा रहेको यथार्थलाई सरकारले लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’
नीति तथा कार्यक्रम विरोधाभाषी भएको ओलीको टिप्पणी छ ।


क्लिकमान्डु