व्यक्ति र व्यवासायी विशेषका लागि करका दर हेरफेर हुँदैनः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवासायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पारेका छन् । शनिवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

उनले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिवद्धता जनाए । उनले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका र हेरफेर हुने बताए ।
मन्त्री महतले युवाहरुको उर्जा र क्षमताई देशभित्रै प्रयोग हुुनेकुरा बजेटको प्राथमितामा पर्ने पनि बताए । उनले नेपाली उद्योग व्यवसायलाई प्राथमिकता राख्नेकुरामा ध्यान दिने बताए । उनले अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफू इमान्दार भएर काम गर्नेपनि बताए । अर्थमन्त्री महतले ऋण भुक्तानीको दायित्वबाट सरकार भाग्न नमिल्ने र नभाग्ने बताए ।

अर्थमन्त्री महतको भनाइ जस्ताको त्यस्तै

बिस्तारै हामीले नेपालभित्र नै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्नुपर्छ । त्यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ । यहीँ नै युवाहरुको उर्जा र क्षमताई देशभित्रै प्रयोग हुुनपर्छ भन्नेकुरा प्राथमिकता राख्ने, यहीँ नै उत्पादन बढाउने कुरामा प्राथमिकतामा राख्नुपर्छ । नेपाली उद्योग व्यवसायलाई कसरी प्रमोट गर्ने भन्नेमा हामी आउने बजेटमा प्राथमिकतामा राख्नेछौँ । बढी भन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रमोट गर्ने र इन्सेन्टिभाइज गर्ने नीतिमा हामी जान्छाँै । अर्थतन्त्र सुधारको आवश्यक्ता छ । त्यसको इमान्दार बिगिनिङ हुन्छ, यही दुई महिनामा मेरो ज्ञानको उपयोग गरेर सबै सफा चैट गर्छु म भन्दिन । भन्ने गरिनेछन्, हुनेछन् नैै हो, तर मुल कुरा कार्यान्वयनको नै हो । मैले देखेको चुनौति कार्यान्वयनको हो । हामी नौ महिनासम्म खर्च जिरो र पैसा श्रोत रिलिज गरेपछि ठेक्का गर्ने भनेर आउँछन्, मैले रोकेको छु । हामी बजेटपछि गृहकार्य तत्काल शुरु गर्नेछौँ अब कार्यतालिकासहित । त्यसले पुँजीगत खर्चको प्रभावकारीता बढ्छ । कुनैपनि हालतमा पोलिसी करप्शन, त्यसको पाइदा उठाउने र आफ्नो कामका लागि मेरो हातबाट हुँदैन, समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर हुन्छ, एउटा व्यक्ति, एउटा व्यवसायिका लागि करका दरहरु हेरफेर हुँदैन ।


क्लिकमान्डु