बीमा कम्पनीले खर्चको २५ प्रतिशत विज्ञापनमा खर्च गर्न पाउने



काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो कूल व्यवस्थापन खर्चको २५ प्रतिशत प्रचार प्रसार तथा विज्ञापनमा खर्च गर्न पाउने भएका छन् । नियामक बीमा प्राधिकरणले यस्तो व्यवस्था गरिदिएको हो ।

प्राधिकरणले बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकका २०७५ संशोधन गर्दै प्रचारप्रसार तथा विज्ञापनमा गर्ने खर्चको सीमा बढाएको हो । प्राधिकरणले बिमकको संस्थागत सुशासनसम्बन्धी (पाँचौं संशोधन) निर्देशिक २०८० जारी गर्दै व्यवसाय प्रवर्धन तथा प्रचारप्रसार सम्बन्धी थप व्यवस्था गरेको हो ।

प्राधिकरणले गरेको नयाँ व्यवस्था अनुसार निर्जीबन बिमाको व्यवसाय गर्ने कम्पनीहरुले व्यस्थापन खर्च अन्तर्गत अथिति सत्कार, व्यापार प्रवर्धन, विज्ञापन तथा प्रचारप्रसार र अभिकर्ता कमिशन तथा अन्य शिर्षकमा खुद बिमाशुल्कको अधिकतम् १.५ प्रतिशतसम्म खर्च गर्न सकिने व्यवस्था गरेको छ । त्यसरी भएको कुल खर्चमध्ये पनि न्यूनतम् २५ प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसारमा खर्च गर्नुपर्ने व्यवस्था गरेको हो

‘निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमकको व्यवस्थापन खचन अन्तगनत अनतनथ सत्कार, व्यापार प्रवर्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षकमा खुद बीमा शुल्कको बढीमा १.५ प्रतिशतसम्म खर्च गर्न सक्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘(२) उपदफा (१) बमोशजम बीमकले गरेको कुल खर्चको कम्तीमा २५ प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्नुपर्नेछ ।’


क्लिकमान्डु