नेशनल लाइफको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले जेठ २२ गतेका लागि ३५ औं बार्षिक साधारण सभा बोलाएको छ ।

सभाका लागि कम्पनीले जेठ ११ गते बुक क्लोज गरेको छ । जेठ १० गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभा माग लिन र कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र कर सहित ६.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । सभामा सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव, लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभा नेसनल लाइफको केन्द्रीय कार्यालय लाजिम्पाटमा हुनेछ ।


क्लिकमान्डु