सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको थियो । आइतबार ८ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएकोमा शुक्रबार १५ रुपैयाँले बढेर १३ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु