बोर्डले २७ कम्पनीलाई हचुवामा दियो आशय पत्र, कालोसूचीमा परेकादेखि सहकारी ठग्नेसम्म



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एलओआई) दिँदा हचुवाको भरमा दिएको पाइएको छ ।

ब्रोकरका लागि आवेदन दिएका ४६ कम्पनीमध्ये ४३ वटाले आशयपत्र पाइसेका छन् । आशय पत्र पाएका कम्पनीलाई पनि बोर्डले कानुनले तोकेको मापदण्ड पूरा गरेर दिनुपर्नेमा हचुवाको भरमा दिएको तथ्यले पुष्टि गरेको छ ।

बोर्डले आयश पत्र दिएका ४३ मध्ये १६ वटाले मात्रै माग गरेको कागजात पूरा गरेर दिएका छन् । बाँकी कम्पनीले आवश्यक कागजात पूरा नगरी आवेदन दिए पनि बोर्डले कागजातभन्दा पनि अनुहार हेरेर हतार–हतारमा आयशपत्र दिएको पाइएको छ।

असोज २ गते नै नयाँ एउटा स्टक, २ वटा वस्तु विनिमय बजार र आवेदन परेकाबाट योग्यलाई लाइसेन्स दिन बोर्डले आवेदन खुला गरेको थियो । अदालतमा मुद्दा परेर लामो समय काम रोकियो ।

अदालतले लाइसेन्स दिन बाटो खोले पनि सरकारको निर्देशनपछि नयाँ स्टकलाई भने बोर्डले लाइसेन्स दिन सकेन । स्टकलाई लाइसेन्स दिन नपाएको बेला आवेदन परेकामध्ये ४३ वटालाई आशयपत्र दिँदा अधिकांश कम्पनीले हचुवाको भरमा पनि आयश पत्र पाएका छन् ।

बोर्डले कम्पनीहरुलाई आयश पत्र दिँदा नै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ ले गरेको व्यवस्थाअनुसार आशय पत्र दिनुपर्ने हो । बोर्डले नै आफैंले रातारात संशोधन गराएको नियमावलीविपरीत आशय पत्र दिएको छ ।

कुन-कुन ब्रोकरको पुगेन मापदण्ड ?

हिमालयन ब्रोकरेज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पालना नगरेको देखिएको छ । सूचीकृत कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका व्यक्ति रहेको पाइएको छ ।

यस्तै ज्योति विकास बैंक र सनी सेक्युरिटिजका मुख्य लगानीकर्ता नवराज नेपाल हुन् । ४० लाख लगानी गरेका मनोज नेपाल नवराज नेपालका एकाघरका परिवारका हुन् ।

यस्तै बैंकबाट स्टेटमेन्ट पेस नगरी कम्पनी रजिस्ट्रार कार्यालयबाट मिलोमतोमा सेयर लगत निकालिएको छ । सेयर लगत अभिलेख भएको मिति र सेयरधनीले बैंकमा रकम जम्मा भएको मिति जाँच गर्दा यसको वास्तविकता प्रस्ट हुने नै छ ।

असोज ३१ गते मध्यरात ऋण स्वीकृत गराई हिमालयन ब्रोकरेजमा रकम जम्मा गरेको सूचीकृत नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडमा सञ्चालक रहेका नवराज नेपालको नाममा ५ करोड लगानी छ ।

इन्फिनिटी सेक्युरिटीले पेस गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरणसमेत समावेश भएको ३ वर्षीय व्यावसायिक योजना एक अर्कासँग हुबहु मिलेको छ । हिमालयन ब्रोकरेज लिमिटेडले पेस गरेको विवरण हुबहु इन्फिनिटी सेक्युरिटिजसँग मिलेको छ । तसर्थ इन्फिनिटी सेक्युरिटिज र हिमालयन ब्रोकरेज एकै समूहको लगानीयुक्त कम्पनी हो । यस्ता नक्कली कागजात बनाएर हिमालयन ब्रोकरेजले आवेदन दिँदा पनि धितोपत्र बोर्डले हचुवाको भरमा आशय पत्र दिएको छ ।

सेयर प्रो सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६मा तोकिएको कुनै पनि नियम पूर्णरूपमा पालना गरेको छैन । सञ्चालकको संलग्नता नरहेको, १ करोड रुपैयाँ लगानी गरेका सेयरधनी सन्दीपविक्रम राणा र ११ लाख लगानी गरेका सेयरधनी सुजलरत्न शाक्य सेयरबजार सम्बन्धी अनलाइन पत्रिका सेयर संसारका सञ्चालक हुन् ।

प्रविण अग्रवालको नाममा रहेको लगानी दीपेन्द्र अग्रवालको भित्री लगानी रहेको पाइएको छ । यस कम्पनीका सेयरधनीहरुले अनुमतिविना सेयर तालिम सञ्चालन गरी पोर्टफोलियो हेरिदिने भन्दै अनुचित शुल्क असुल गरी सर्वसाधारणको रकम ठगी गरेको पाउँदा पाउँदै पनि बोर्डले आशय पत्र दिएको छ । यस्तै सेयरधनीले सेयर बापत रकम जम्मा गरेको बैंक विवरण निवेदन साथ पेस नगरेको पाइएको छ ।

इन्डेक्स सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरूपमा पालना नगरेको पाइएको छ । यस्तै सञ्चालक लागत संलग्न गरिएको छैन ।

५० लाख लगानी गरेका सेयरधनी निरज्वल बस्नेत सेयर बजारसम्बन्धी समाचार लेख्ने अनलाइन पत्रिकाका अध्यक्ष रहेको, हालको २८ नम्बर दलाल श्रीकृष्ण सेक्युरिटिज लिमिटेडका कर्मचारीले २ करोड रुपैयाँ लगानी गरेको र इन्डेक्स सेक्युरिटिज लिमिटेडको अध्यक्ष भइ आवेदन दिएको पाइएको छ ।

हालको ५९ नम्बर दलालको एक सञ्चालकले परशुराम रिजालमार्फत भित्री लगानी गरेको, सूचीकृत कम्पनीमा सञ्चालक रहेका श्रीराम ढकालले छोरा सञ्जीव ढकालमार्फत २ करोड ५० लाख रुपैयाँ लगानी गरेको पाइएको छ।

सञ्जीव ढकाल हाल स्वदेशमा नरहेको र कम्पनी दर्ता गर्दा उनको किर्ते हस्ताक्षर र औठा छाप लगाइएको पाइएको छ । अन्य सेयरधनी पनि सूचीकृत कम्पनीमा सञ्चालक रहेका र सेयरधनीबापत रकम जम्मा गरेको बैंक विवरण निवेदन साथ पेस नगरेको पाइएको छ ।

सन् सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको, सञ्चालक लगत संलग्न नगरेको, ५ करोड ८२ लाख रुपैयाँ लगानी गरेका सेयरधनी कृष्ण गिरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडका परामर्शदाता रहेको तथा अन्य सरकारी ठेक्का पूरा नगरी हर्जना तिरेका व्यक्ति सेयरधनी रहेको ब्यक्तीकाे लगानी रहेको पाइएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका व्यक्तिकाे लगानी रहेको पाइएको छ ।

प्रभु क्यापिटल लिमिटेडका सेयरधनी अङ्गिश घिमिरे, अशोक सिटौला, सन्तोषराज नेपाल, कृष्ण गिरीलगायतको भित्री लगानी रहेको पाइएको छ ।

प्रभु बैंक र सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक र उच्चपदस्थ कर्मचारीको छद्म लगानी रहेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको पाइएको छ ।

क्यापिटल म्याक्स सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३. अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका छोरा सागरसिंह साउद सञ्चालक रहेको पाइएको छ।

सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेका, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सञ्चालक विष्णु पोखरेल बैंकको उच्च कर्मचारी रहेका, सेयरधनी मेघा चौधरीको नाममा रहेको लगानी चौधरी समूहको भित्री लगानी भएको र उनी विभिन्न कम्पनीमा सञ्चालक रहेको पाइएको छ ।

४ करोड ६८ लाख लगानी गरेका अतितलाल श्रेष्ठले लगानी गरेको पाइएको छ । अनिन राज भण्डारीको नाममा रहेको २ करोड ५१ लाख मध्ये १ करोड एक मिडियाको भित्री लगानी रहेको, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि र भोलेगणेश सेक्युरिटिज लिमिटेड एकै समूहको रहेको हुँदा दुवै निवेदन वदर भागी छन् ।

यी दुवै कम्पनीले पेस गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरणसमेत समावेश भएको ३ वर्षीय व्यवसायिक योजनाको विवरण हुबहु मिलेको छ । तसर्थ यी दुवै कम्पनीमा एकै समूहको लगानी रहेको उल्लेख छ ।

स्टककार्ट्स सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएइको छ ।

सञ्चालक लगत संलग्न नगरेको, सरकारी ठेक्का पूरा नगरी हर्जना तिरेका व्यक्ति सेयरधनी रहेको, सेयर रकम बापत जम्मा भएको निस्सा बैंक विवरण निवेदन साथ पेस नगरेको, निवेदनको साथ कुनै पनि आवश्यक कागजात पेस नगरेको पाइएको छ ।

भोगणेश सेक्युरिटि

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३, अनुसूची -४ र अनुसूची- १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

सञ्चालक लगत संलग्न नगरेको, ६ करोड रुपैयाँ लगानी गरेका सेयरधनी दुर्गा तिवारी रिजालका पति नेपाल सरकारका निजामती कर्मचारी रहेको, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको लगानी रहेको पाइएको छ ।

सञ्चालकसमेत रहेका अञ्जिव तुलाधरले विभिन्न समूह बनाई सेयर बजारमा लगानी गरेको, नीज उपर बोर्डमा लिखित र मौखिक धेरै उजुरीहरु परेको पाइएको छ ।

अनिष अग्रवाल, सीताराम अग्रवाल, मोनिकाकुमारी अग्रवालको नाममा सेयरबजारमा अफवाह फैलाई कारोवार गर्ने दीपेन्द्र अग्रवालको भित्री लगानी रहेको उल्लेख छ ।

सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. र भोलेगणेश सेक्युरिटिज लिमिटेड एकै समूहको रहेको हँुदा दुवै निवेदन वदर भागी छन् ।

यी दुवै कम्पनीले पेस गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरणसमेत समावेश भएको ३ वर्षीय व्यवसायिक योजनाको विवरण हुबहु मिलेको छ तसर्थ यी दुवै कम्पनीमा एकै समूहको लगानी पाइएको छ ।

प्रोपर्टी विजार्ड

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३. अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएका छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पोडेलको भित्री लगानी गरेको पाइएको छ ।

सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सञ्चालक सेयरधनी उद्धव शिवाकोटी ब्रोकर ३ संग आवद्ध रहेका व्यक्ति रहेको र सञ्चालक हरिप्रसाद वाग्ले बैंक वित्तीय संस्थाको सञ्चालक रहेको पाइएको छ ।

क्यापिटल हब

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३. अनुसूची -४ र अनुसूची -१६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

हाल सञ्चालनमा रहेको ब्रोकर कम्पनीका कर्मचारी भरत रेग्मीले लगानी गरेको, नेपाल राष्ट्र बैंकका अधिकृतको भित्री लगानी रहेको, सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेको सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको पाइएको छ ।

आकाश भैरव सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

सञ्चालक लगत संलग्न नगरेको, ३ करोड ५४ लाख रुपैयाँ लगानी गरेका सेयरधनी मनबहादुर राई सूचीकृत कम्पनी तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सञ्चालक रहेको, ३ करोड ५४ लाख रुपैयाँ लगानी गरेका सेयरधनी दिनेश हुमागाईं सूचीकृत कम्पनी बुटवल पावर कम्पनी लिमिटेडमा सञ्चालक रहेको पाइएको छ ।

सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

एलिट स्टक हाउस

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

सञ्चालक लगत संलग्न नगरेको, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका व्यक्तिको लगानी रहेको, हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा ५ करोड रुपैयाँ लगानी गरेका नवराज नेपाल र ४० लाख रुपैयाँ लगानी गरेका मनोज नेपाल सहोदर एकाघरका सदस्य भएको पाइएको छ ।

सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेको सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको पाइएको छ ।

इगल स्टक इक्व्युटी

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको, सञ्चालक लगत संलग्न नगरेको, सरकारी ठेक्का पूरा नगरी हर्जना तिरेका व्यक्ति सेयरधनी रहेको पाइएको छ ।

सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

सञ्चालक विजयविक्रम शाह सूचीकृत कम्पनीको सञ्चालक रहेको र नीजको लगानीको स्रोत प्रस्ट नभएको, सञ्चालक चक्रबहादुर खत्रीको नभई भीष्मराज ढुंगानाको रहेको हुँदा स्रोत नखुलेको देखिएको छ ।

पाही इन्भेस्टमेन्ट

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

यस्तै सञ्चालक लगत संलग्न नगरेको, सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, इन्द्रदेव यादवको नाम रहेको लगानीको स्रोत नखुलेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस गरेको छैन ।

मियो सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची -३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना गरेको छैन ।

आशिष रानाभाटको नाममा ब्रोकर ५५ को सञ्चालक विजय रानाभाटको भित्री लगानी रहेको, सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

सञ्चालक कैलाश, विरोचन र सन्दिप तिनै जनाको सम्पतिको स्रोत तथा लगानीको स्रोत नभएको र सञ्चालकहरुको अनुभव नपुगेको पाइएको छ भने संस्थापकहरुको करचुक्ता नभएको पाइएको छ ।

इन्फिनिटी सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३, अनुसूची -४ र अनुसूची -१६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

कलश स्टक मार्केटमा १० लाख रुपैयाँ लगानी गरेका सेयरधनी सुमन पन्तको एकाघरका परिवारका सदस्यको पाइएको छ । सुमन एलिट क्यापिटल लिमिटेडको सेयरधनी समेत हुन् ।

२ करोड रुपैयाँ लगानी गरेका सेयरधनी नीता नेपाल सनी सेक्युरिटी लिमिटेडका सेयरधनी कुमार पौडेलको एकाघरका सदस्य भएको, ९० लाख रुपैयाँ लगानी गरेका सेयरधनी दिनेश अधिकारी इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका मुख्य सेयरधनी रहेको पाइएको छ ।

५० लाख रुपैयाँ लगानी गरेका सेयरधनी विवेक पौडेल हालमा रहेका छन् । उमा कंडेल सापकोटाको नाममा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक अम्बिकाप्रसाद पौडेलको भित्री लगानी रहेको देखिएको छ ।

१ करोड ३० लाख रुपैयाँ लगानी गरेका सेयरधनी दीपक शर्मा आइएमई समूहका कर्मचारी हुन् ।३० लाख रुपैयाँ लगानी गरेका सेयरधनी रमेशकुमार कर्माचार्य इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक हुन् ।

२५ लाख रुपैयाँ लगानी गरेका सेयरधनी गणेश रेग्मी सनराईज बैंकमा इन्ट्रिग्रेटेड रिक्स म्यानेजमेन्ट/ट्रेजरी मिड अफिसरका रुपमा कार्यरत रहेको देखिएको छ ।

इन्फिनिटी सेक्युरिटिजले पेस गरको सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरणसमेत समावेश भएको ३ वर्षीय व्यवसायिक योजना र हिमालयन ब्रोकरेज लिमिटेडलेपेस गरको विवरण हुबहु मिलेको पाइएको छ । तसर्थ इन्फिनिटी सेक्युरिटिज र हिमालयन ब्रोकरेजमा एकै समूहको लगानीयुक्त कम्पनी रहेको उल्लेख छ । सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको पाइएको छ ।

मिल्की वे सेयर ब्रोकर

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

यस्तै सञ्चालक लगत संलग्न नगरेको, ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काको भित्री लगानी रहेको, १ करोड रुपैयाँ लगानी गरेका जयराम नेपाल हिमालयन ब्रोकरेज लिमिटेडमा ५ करोड रुपैयाँ लगानी गरेका सेयरधनी नवराज नेपाल र एलिट स्टक हाउस लिमिटेडमा ४० लाख लगानी गरेका सेयरधनी मनोज नेपाल सहोदर एकाघरका सदस्य भएको पाइएको छ ।

१० लाख रुपैयाँ लगानी गरेका सेयरधनी राष्ट्र बैंकका कर्मचारी भएको, सेयरधनी नवराज नेपाल नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र चन्द्रागिरी हिल्सका सञ्चालक भएको पाइएको छ ।

ज्योति क्यापिटल लिमिटेडका सञ्चालकको आफ्नै नामबाट लगानी भएको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

इन्दिरा सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

सञ्चालक लगत संलग्न नगरेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको, सेयरधनी विशाल ढुंगानाको नाममा लगानी भएको २ करोड रकम बोर्डका पूर्व अध्यक्ष भिष्मराज ढुंगानाको भएको । सर्वोत्तम सिमेन्टको भित्री कारोबारमा समेत विशाल ढुंगानाको नाम रहेको पाइएको छ । यस्तै सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

कलश स्टक मार्केट

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची- ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

सञ्चालक लगत संलग्न नगरेको, ४० लाख रुपैयाँ लगानी गरेका सेयरधनी डिल्लीराम बाँस्तोला नेपाल सरकारको कर्मचारी भएको पाइएको छ ।

सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको र सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

एसपीएसए सेक्युरिटिज

कम्पनी दर्ता मात्र गरेको र कम्पनी रजिष्ट्रार कार्यालयमा शुरु विवरण नपठाएको, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३. अनुसूची -४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको ।

सञ्चालक लगत पेस नगरेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

ब्लुचिप सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३, अनुसूची ४ र अनुसूची २६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको देखिएको छ ।

डिमप्रसाद पौडेल र अशोक पौडेलको नाममा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पौडेलको लगानी रहेको, २ करोड ५० लाख रुपैयाँ लगानी गरेका सेयरधनी ठेकेदार भएको र उनलाई निर्माण सम्पन्न नगरेकोमा सरकारले कालोसूचीमा राखेको तथा बैंकको ऋण नतिरेकोमा कालोसूचीमा राखेको पाइएको छ ।

यस्तै सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

गरिमा सेक्युरिटिज

सञ्चालक लगत संलग्न नगरेको, निवेदनको म्याद सकिएको एक हप्ता पछी मात्र बैंक खाता खोलेको, सेयर रकम बापत जम्मा भएको निस्सा बैंक विवरण निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

हातेमालो फाइनान्सियल सर्भिस

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३, अनुसूची-४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको देखिएको छ ।

सञ्चालक लगत संलग्न नगरेको, हातेमालो सहकारी संस्था लिमिटेडको रकम अपचलन गरि सदस्यको बचत फिर्ता गर्न नसकेको, धितोपत्र वोर्डको पूर्व सञ्चालक निलबहादुर सारु मगरको भित्री लगानी भएको, सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३. अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको भेटिएको छ ।

सञ्चालक लगत संलग्न नगरेको, सेयरधनी सूचीकृत कम्पनीमा सञ्चालक रहेको, २ करोड ५० लाख रुपैयाँ लगानी गरेका सेयरधनी निरु उप्रेतीले रोडशो सेक्युरिटिज लिमिटेडमा पनि २ करोड रुपैयाँ लगानी गरेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ । निवेदनको साथ कुनै पनि आवश्यक कागजात पेस नगरेको पाइएको छ ।

रोड सो सेक्युरिटिज

सञ्चालक लगत संलग्न नगरेको, निवेदनको म्याद सकिएको एक हप्ता पछी मात्र बैंक खाता खोलेको, सेयर रकम बापत जम्मा भएको निस्सा बैंक विवरण निवेदन साथ पेस नगरेको, निवेदनको साथ कुनै पनि आवश्यक कागजात पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

सजिलो ब्रोकर

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३. अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

सञ्चालक लगत संलग्न नगरेको, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडमा सञ्चालक रहेका अम्बिकाप्रसाद पोडेलको भित्री लगानी रहेको, लगानीको स्रोत शङ्कास्पद रहेको पाइएको छ । सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको र सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

मनिवर्ल्ड सेयर एक्सचेन्ज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

यस्तै सञ्चालक लगत संलग्न नगरेको, २० लाख ४० हजार रुपैयाँ लगानी गरेका सेयरधनी अम्विकलाल श्रेष्ठले सञ्चालन गरेको सहकारीले बचत फिर्ता गर्न नसकेको, लगानीको स्रोत शंकास्पद रहेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको र सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

वेनी सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३. अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

४ करोड ५० लाख रुपैयाँ सेयर लगानी गरेका सेयरधनी मोदप्रसाद त्रिपाठी खारेजीमा गएको सम्झना फाइनान्स कम्पनी लिमिटेडमा भएको घोटालामा नेपाल राष्ट्र बैंकले सफाई दिन बाँकी रहेको, आवेदन दिने म्याद सकिएको एक हप्ता पछी मात्र बैंक खाता खोलेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको र सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

एप्पल सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची-३, अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको पाइएको छ ।

सञ्चालक लगत संलग्न नगरेको, ५ लाख रुपैयाँ लगानी गरेका सेयरधनी सौरभ ढुङ्गाना नेपाल राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीको एकाघरका परिवारको सदस्य भएको पाइएको छ ।

सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

शुभकामना सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची ३. अनुसूची ४ र अनुसूची १६ मा तोकिएको कुनै पनि सर्त पूर्णरुपमा पालना नगरेको, सञ्चालक लगत संलग्न नगरेको, राहुल अग्रवाल, शंकरलाल अग्रवाल, विनित अग्रवाल, बन्दना अग्रवाल, आदिको नाममा दीपेन्द्र अग्रवालको लगानी रहेको, सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।

ट्रेडमो सेक्युरिटिज

धितोपत्र व्यापारी नियमावली, २०६४ को अनुसूची-३.अनुससचीर अनुसूची १६ को कुनै पनि सर्त पूर्णरूपमा पालना नगरेको सेयरधनीको लगत नरहेको पाइएको छ ।

७ करोड ११ लाख रुपैयाँ लगानी गरेका सेयरधनी तारादेवी महर्जन र ४ करोड ३० लाख रुपैयाँ लगानी गरेका सेयरधनी सरोज महर्जन संलग्न निर्माण कम्पनी कालोसूचीमा परेको उल्लेख ।

सेयरधनीले सेयरबापत रकम जम्मा गरेको बैंक विवरण (स्टेटमेन्ट) निवेदन साथ पेस नगरेको, सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको सञ्चालक लगत संलग्न नगरेको, निवेदनको म्याद सकिएको एक हप्तापछि मात्र बैंक खाता खोलेको, सेयर रकम बापत जम्मा भएको निस्सा बैंक विवरण निवेदन साथ पेस नगरेको, निवेदनको साथ कुनै पनि आवश्यक कागजात पेस नगरेको र सम्भाव्यता अध्ययन प्रतिवेदन र आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण पेस नगरेको पाइएको छ ।


क्लिकमान्डु