पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार



काठमाडौं । सरकारले पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

सरकारले शीघ्र पहिचान गरेर प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रुपमा अगाडि बढाएर देशभर विस्तार गर्ने उनले बतााए ।

साथै, सातै प्रदेश अस्पतालमा बाँझोपन र नि:सन्तान उपचारको व्यवस्था मिलाइने पनि राष्ट्रपतिले घोषणा गरे । प्रजनन स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गर्ने उनले बताए ।

त्यस्तै स्थानीय तहमा रहेका सुत्केरी केन्द्रहरुलाई स्तरोन्तति गरिने तथा प्रदेश स्तरको कम्तीमा एउटा अस्पताललाई मुटुको शल्यक्रिया र क्यान्सरसमेतको निदान हुन सक्ने सुपर स्पेसियालिटी अस्पतालको रुपमा विस्तार गर्ने उनले घोषणा गरे ।


क्लिकमान्डु