स्वास्थ्य बिमालाई पुनराबलोकन गरिने



काठमाडौं । सरकारले सात प्रदेशका संघीय अस्पतालमार्फत बाझोपन र निसन्तान सम्बन्धी उपचार निशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।

शुक्रबार सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी अस्पतालको बहिरंग सेवालाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइने बताए ।

महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरलाई पहिचान र उपचार सम्बन्धी सेवा निशुल्क र सिघ्र उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । र, यो कार्यक्रमलाई देशभर विस्तार गर्ने सरकारको योजना छ ।

यस्तै, स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


क्लिकमान्डु