सरकारले सुकुम्बासी हटाउने, ठूला सहरको फोहोर व्यवस्थापन गर्न नीतिगत व्यवस्था गर्ने घोषणा



काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत नदीआसपासको सुकुम्बासी घटाउने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले काठमाडौं उपत्यकालगायत अन्य स्थानका पनि नदी किनारआसपास रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरेर नदीकिनारका अतिक्रमित भूमी खालि गराइने घोषणा गरेका हुन् ।

काठमाडौं उपत्यकासहित मुलुकका ठूला सहरको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गर्ने पनि उनले बताए । यस्तै सरकारले स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।


क्लिकमान्डु