व्यवसायमुखी आइडिया भएकालाई महानगरले सहयोग गर्ने, ५ क्याटागोरीमा यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख भए अनुसार आइडिया बैंकको कार्यान्वयन गर्न सुरु गरेका छन् ।

मेयर शाहले दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशिलता विशेषज्ञहरूको पुलको रूपमा महानगरबसी सोचलाई योजना र योजनालाई ब्यवसाय बनाउने काम आइडिया बैंकको भएको बताएका छन् ।

‘तपाईसँग आइडिया छ, तपाईंले महानगरभित्र कुनै स्टार्टअप सुरू गर्नुभएको छ र ३ बर्ष कटेको छैन , साथै तपाईं विद्यार्थी हुनुहुन्छ तपाईंसँग महानगरको समस्या समाधानका ब्यवसायमुखी आइडिया छन् त्ससलाई ब्यवसायमा परिणत गर्न चाहनुहुन्छ?’ बालेनले प्रश्न गर्दै त्यसलाई मूर्त बनाउन महानगरले सहयोग गर्ने बताएका छन् ।

कसरी व्यवसायको योजना बनाउने कार्यान्वयन योजना कसरी बनाउने, लगानी कसरी जुटाउने लगायतलाई आइडिया बैंकले सहयोग गर्ने शाहको भनाइ छ ।

बिभिन्न बिषयगत क्षेत्रहरूलाइ समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको शाहले जानकारी दिए ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्


क्लिकमान्डु