सहकारी नीति परिमार्जन गरिने, बचत तथा ऋण सहकारीलाई श्रम क्षेत्रमा केन्द्रित गर्ने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्ने भएको छ ।

शुक्रबार संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेललेसहकारी संघ संस्थाको अनुगमन र नियमन, संस्थागत सुशासन, प्राप्ति तथा एकीकरण, बचत तथा लगानीको सदुपयोग र सुरक्षण गर्न आवश्यक व्यवस्था मिलाइने भएको उल्लेख गरे ।

सहकारी क्षेत्रको पुनसंरचनासहित बचत तथा ऋण सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रको केन्द्रित हुने व्यवस्था मिलाइने भएको छ ।


क्लिकमान्डु