पेट्रोल र डिजेलको भाउ घटेर आयो, मूल्य घटाउने तयारीमा निगम



काठमाडौं । इन्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमकाअनुसार भारतबाट डिजेलमा प्रतिलिटर ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको छ ।

उक्त मूल्य घटेर आएसँगै आगामी १५ दिनमा २ अर्ब ३० करोड नाफा हुने निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

त्यस्तै निगमको सञ्चालक समितिले पेट्रोल र डिजेलको मूल्य घटेर आएसँगै मूल्य घटाउने तयारी गरेको छ ।

इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने गर्छ ।

यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो ।


क्लिकमान्डु