धेरै बिमा कम्पनीलाई लाइसेन्स बाँड्नु गलत: अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बिमा कम्पनीलाई लाइसेन्स दिने सरकारको कदम ठिक नभएको बताएका छन् ।

राष्ट्रिय बिमा कम्पनीको ५५औं वार्षिकोत्सवमा उनले विगतमा धेरै बिमा कम्पनीलाई लाइसेन्स वितरण गरिएकाले अब कोर्स करेक्सन जरुरी रहेको बताए ।

‘कम्पनी धेरै भए, प्राधिकरणको अगुवाइमा बिमा कम्पनीहरु मर्जरमा जान आवश्यक छ,’ महतले भने, ‘बिमा क्षेत्र प्रतिस्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी छ ।’

बिमामा धेरैभन्दा धेरै क्षेत्रलाई समेट्नेपर्ने भएकाले नियामक निकायले व्यावसायिक हैसियत देखाउनुपर्ने आवश्यकता उनले औंल्याए ।

‘सरकारले बिमालाई उच्च प्राथमिकता दिएको छ, स्वास्थ्य बिमा समानान्तर चलिरहेको छ,’ अर्थमन्त्री डा. महतले भने, ‘यसलाई कसरी एउटै छाताभित्र ल्याउने भन्ने चुनौती पनि छ ।’

राजनीतिक स्तरबाट नियमनकारी निकायमा हस्तक्षेप गर्ने प्रवृत्तिका कारण पनि कतिपय संस्थाको व्यावसायिकतामा ह्रास आएको उल्लेख गरे ।


क्लिकमान्डु