बीमा कम्पनी मर्जरमा जानु पर्छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा प्राधिकरणको अगुवाइमा बीमा कम्पनी मर्जर गर्न सुझाव दिएका छन् ।

बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवमा अर्थमन्त्रीले धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठिक नभएको बताए ।
“बीमा क्षेत्रमा यथेष्ट बिश्वास भयो कि भएन ? बीमा कम्पनी गायब भयो भने के होला ? कति बीमा कम्पनी आवश्यक हो ? त्यो हेरेर मर्रजमा जानू पर्छ ” उनले भने ।

यति धेरैलाई लाईसेन्स दिन नहुने भन्दै उनले स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरे ।
बीमा क्षेत्र आधुनिक हुन आवश्यक रहेको भन्दै पुरातन सोचले चल्न नहुने उनले बताए ।

नियमकको जिम्मेवार पारदर्शी हुनु आवश्यक रहेको र ग्राहकको सेवामा ध्यान दिन जरुरी रहेको उनले बताए ।

मन्त्री महतले आगामी आवको बजेट ल्याएपछि बजेट सार्वजनिक संस्थाको पफर्मेन्स हेर्ने र त्यसको प्रभावकारीतालाई मूल्यांकन गर्ने बताए । सार्वजनिक संस्थानमा धेरै राजनीति भएको उनको भनाइ छ ।

सार्वजनिक संस्थानमा व्यवसायिकतामा ह्रास आएको भन्दै अर्थमन्त्रालयसँग जोडिएका निकाय पारदर्शी, व्यबसायिक भए नभएको हेर्ने बताए ।

उनले सुरक्षाको लागि बीमा गर्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । मन्त्रीले बीमा क्षेत्र ब्यबसायिक पारदर्शी बनेर न्यून शुल्कमा सेवा दिन आग्रह गरे। बीमा गराउँदा सबै कुरा पाइन्छ जस्तो गर्ने, सेवा लिइसकेपछि अनेकौं दुख दिने, जिम्मेवारीबाट पन्छने नगर्न आग्रह गरे ।
सामाजिक सुरक्षालाई कसरी बीमा भित्र ल्याउनेतर्फ ध्यान दिन उनले आग्रह गरे ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्र विकास रणनीतिको पहिलो कार्यान्वयन भएको र दोस्रो कार्यान्वयनको स्वीकृतको अन्तिम चरणमा रहेको र त्यसमा बीमा क्षेत्रका कुरा परेको र बाँकि भए थपेर जान सक्ने बताए ।

उनले बीमा समिति प्राधिकरण बनेसँगै नाम मात्रै नभएर भूमिका पनि थप सशक्त होला भन्ने अपेक्षा रहेको बताए ।


क्लिकमान्डु