राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआईसीको नाफा शतप्रतिशत बढ्यो



काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बिमा कम्पनीहरुले करिब ४ अर्ब रुपैयाँ नाफा कमाएका छन् ।

कम्पनीहरुले यस अवधिमा ३ अर्ब ९२ करोड ५६ लाख ९२ हजार रुपैयाँ नाफा कमाएका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा २१.४९ प्रतिशतले धेरै हो ।

गत आवको सोही अवधिमा कम्पनीहरुले ३ अर्ब २३ करोड १२ लाख ३७ हजार रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआईसीको नाफा शतप्रतिशतले बढेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीले ६८ करोड ६४ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको हो ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा १००.३१ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीले ३४ करोड २६ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, सानिमा जिआईसीको नाफा १०३.०५ प्रतिशतले बढेर २१ करोड ३२ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पाीले १० करोड ५० लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

शिखर इन्स्योरेन्सले यस अवधिमा ३४ करोड ३१ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ६.५३ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा कम्पनीले ३६ करोड ७० लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, ओरियन्टल इन्स्योरेन्सले ३९ करोड २२ लाख ४७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३४ करोड १८ लाख ६० हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २९ करोड ४७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २८ करोड ६५ लाख २९ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियरले २६ करोड ४ लाख ४ह जार रुपैयाँ नाफा कमाएका छन् ।

गत आवको सोही अवधिको तुलनामा ओरियन्टलको नाफा २०.१५ प्रतिशत, सगरमाथा लुम्बिनीको २.९७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ५९.६६ प्रतिशत र सिद्धार्थ प्रिमियरको २.४२ प्रतिशतले बढेको हो ।
यस्तै, नेको इन्स्योरेन्सको नाफा भने ०.२३ प्रतिशतले घटेको छ ।

यस अवधिमा हिमालयन एभरेष्टको नाफा ६.६३ प्रतिशतले बढेर २३ करोड ७ लाख, यूनाइटेडको ४७.११ प्रतिशतले बढेर १५ करोड ५ लाख, अजोडको ११.२९ प्रतिशतले बढेर १० करोड ४७ लाख रुपैयाँ र एनएलजीको ३.९० प्रतिशतले बढेर १७ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

प्रुडेन्सियल इन्योरेन्सको नाफा ११.६५ प्रतिशतले घटेर १० करोड ३ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ ।


क्लिकमान्डु