करेन्ट चाउचाउ: अमेरिका, भारत र अस्ट्रेलियामा अर्ब बढीको निर्यात, १५ हजारलाई रोजगारी



काठमाडौं । यसोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनेको छ । सकेसम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा पनि निकै ठूलो टेवा पुर्याएको कम्पनीको भनाइ छ ।

स्वदेशमै बिदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केही वर्षमै आज करेन्ट नेपाली बजारमा छाउँदै भारत अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको छ ।

बिदेशी बजारमा रहेको करेन्टको लोकप्रियतालाई यसको प्रतिवर्ष १ करोड अमेरिकी डलर बराबरको निर्यातले प्रस्ट पार्दछ ।

देशभर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लगभग १५००० जनालाई रोजगारी दिँदै करेन्टले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ ।

सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तमाबाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामाग्रीको बजारमा प्रविष्ट भएको कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि ५ जिल्लाका १० हजारभन्दा बढी कृषकमार्फत अकबरे खुर्सानी लगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ ।

किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै करेन्टले देशका बिभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यसले देशका केहि ठाँउमा वैदेशिक रोजगारीभन्दा देशमै पसिना बगाउनु उचित हो भन्ने भावनालाई पनि उजागर गरिरहेको छ ।

करेन्टले देश भित्रै बिदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरे सँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्याङ्कले बताउँछ ।

देशको खस्कदो अर्थतन्त्रमा निर्यातमार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफु जस्ता अन्य स्वदेशी उत्पादकहरुलाई पनि प्रोत्साहन गरिरेहको दाबी गरेको छ ।

नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर र व्यपार व्यवसाय गर्ने सोच राख्नेहरुका लागि एक उत्कृष्ट उदाहरण करेन्ट चाउचाउ भएको कम्पनीको भनाइ छ ।

लामो अनुसन्धानपछि नेपाल मै उत्पादित पिरो चाउचाउले बजार पाउन सक्छ भन्ने पक्कापक्कीपछि यशोदा फुड्सले ‘करेन्ट’को उत्पादन सुरु गरेको थियो । उत्पादनको ६ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ ।

करेन्ट चाउचाउले स्वदेशमा मात्र होइन, विदेशमा पनि राम्रो बजार लिएको छ । विदेशमा पनि करेन्ट चाउचाउको मनग्य माग रहेको उत्पादक बताउँछ ।

उत्पादक कम्पनी यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३० करोड रुपैयाँ) बराबरको निर्यात हुन्छ । उत्पादनको छोटो समयमै चाउचाउ नेपाली बजारमा लोकप्रिय हुनुका साथै भारत, अष्ट्रेलिया र अमेरिकाजस्ता मुलुकहरूमा पनि निर्यात हुँदै आएको छ ।

नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा जस्ता मुख्य शहरमा बढी बिक्री हुने कम्पनीले जनाएको छ । अनलाइनमार्फत पनि करेन्ट चाउचाउ किन्न पाइन्छ । ‘नराम्रोलाई सुधार्दै लैजाने र राम्रोलाई अझै राम्रो बनाउने प्रयास जारी नै रहनेछ,’ कम्पनीको भनाइ छ ।

नेपाल मै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ ।

कम्पनी कै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरु गरेका छन् ।


क्लिकमान्डु