पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ



काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । इस्लामाबाद हाईकोर्ट बाहिर सुरक्षाबलले खानलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

इस्लामाबादका आईजीले खानलाई अल-कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरिएको जनाएका छन् । खानको अवस्था सामान्य रहेको उनले बताएका छन् ।

इस्लामाबाद पुलिसले पाकिस्तानको संविधानको धारा १४४ लगाइएको छ । यसको उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही हुनेछ ।

पार्टीका नेता फवाद चौधरीले ट्वीटमा भनेका छन्, ‘पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइएको छ । वकिल र आममानिसलाई टर्चर दिइएको छ । इमरान खानलाई अज्ञात मानिसले अज्ञात स्थलमा लगेका छन् । इस्लमाबाद हाई कोर्टका चीफ जस्टिसले गृह सचिव र आईजीलाई आदेश दिएका छन् कि उनी १५ मिनेट भित्र अदालदतमा पेस होउन् ।’


क्लिकमान्डु