धेरै मानिसको सपनाको देश, जहाँ चार महिनामा भए २०७ गोलीकाण्ड



एजेन्सी । सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएका छन् । सन् २०२३ का चार माहिनामा भएको गोलीबारी २०१३ यताकै सबैभन्दा बढी हो ।

अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो । गैरसैनिकले पनि सहज रूपमा बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा अपत्यारिला  र अप्रत्यासित गोलीकाण्ड घट्ने र निहत्था व्यक्तिको ज्यान जाने क्रम बढ्दो छ ।

सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैर-लाभकारी समूह हो । अमेरिकाको लस भेगासस्थित भोन टोबेल मिडिल स्कुलमा गोली चल्दा एक जना घाइते भएको लस भेगास महानगरीय प्रहरीले जनाएको छ ।

लस भेगास मेट्रोपोलिटन प्रहरीले लस भेगास गोलीकाण्डको अनुसन्धान गरिरहेको छ । गोली लागेर घाइते भएका व्यक्तिलाई युनिभर्सिटी मेडिकल सेन्टर लगिएको छ ।

लस भेगास मेट्रोपोलिटन पुलिसका अनुसार घटना अझै सेलाएको छैन। लस भेगास मेट्रोपोलिटन पुलिसले यसको आधिकारिक ट्विटर ह्यान्डलमा लेखेको छ- ‘हामी भोन टोबेल मिडलमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेका छौं ।’

यसअघि डलासको बाहिर एउटा मलमा शनिबार भएको गोलीकाण्डमा बन्दुकधारीसहित ९ जनाको मृत्यु भएको द हिलले जनाएको छ । एलेन फायर डिपार्टमेन्टले ९ जनालाई क्षेत्रीय अस्पतालमा पुर्‍याएको एलेन फायर डिपार्टमेन्टका प्रमुख जोनाथन बायडले बताएका छन् ।

एलेन प्रिमियम आउटलेटमा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनालाई अस्पतालमा मृत घोषित गरिएको थियो। अन्य ३ जनाको अवस्था गम्भीर छ ।


क्लिकमान्डु