भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते



एजेन्सी । भारत मध्यप्रदेशको खरगोन जिल्लामा मंगलबार निजी यात्रु बस पुलबाट खस्दा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

मंगलबार बिहान ओन प्रहरी चौकीअन्तर्गत दसंगा क्षेत्रनजिकै डोङ्गरगाउँ पुलमा बस दुर्घटना भएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थिए ।

खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहले पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको र २५ जना घाइते भएको जानकारी दिए । उद्धार अझै जारी छ ।

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ४ लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।


क्लिकमान्डु