सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु