ब्याजदरभन्दा पनि कमजोर पूर्वाधार हाम्रो समस्या हो: रमेश हमाल

336
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ब्याजदर बढी हुनुभन्दा पनि पूर्वाधार विकासमा लगानी नहुनु नेपाली अर्थतन्त्रको समस्या भएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजनाको गरेको नेपाल बिजनेस समिट २०२३ मा धितोमा आधारित कर्जा लगानी गर्ने प्रणालीले निजी क्षेत्रले पूर्वाधारका क्षेत्रका लगानी गर्न नसकेको बताए ।

बैंकिङ क्षेत्रले निक्षेप संकलन गर्ने र धितोमा आधारित कर्जा लगानी गरेर व्यवसाय विस्तार गर्न नसक्ने हमालले बताए ।
धितोमा आधारिक कर्जा लगानीबाट परियोजनामा आधारित कर्जा लगानी गर्ने प्रणालीमा जान अध्ययन हुनु पर्ने हमालको धारणा छ ।

‘सम्पत्ति व्यवस्थापनमा काम गर्ने अवसर बैंकसँग छ । बैंकले सहायक कम्पनी स्थापना गरेर सम्पत्ति व्यवस्थापनको काम गर्न सक्छन्,’हमालले भने,‘पुर्वि एसियाका देशमा कुनै बैंक कृषि क्षेत्रमा बलियो हुन्छ, कुनै उद्योग क्षेत्रको लगानीमा,’हमालले भने, ‘यस्तो अवस्थाको सिर्जना परियोजनामा आधारित कर्जा लगानी गर्ने प्रणालीबाट मात्रै सम्भव हुन्छ ।’

भेञ्चर क्यापिटलको विकास नभई निजी क्षेत्रको पुँजी परिचालन नहुने भन्दै त्यसका लागि बोर्डले फास्ट ट्याकबाट भेञ्चर क्यापिटललाई अनुमति दिईरहेको हमालले बताए ।

साना कम्पनीलाई पुँजीबजारबाट लगानी जुटाउन सहज होस् भनेर बोर्डले एसएमई प्ल्याटफर्म बनाउन लागेको र साना कम्पनीलाई पुँजी बजारबाट रकम उठाउन लाग्ने शुल्क पनि घटाइरहेको हमालको भनाइ छ ।

एसएमई प्ल्याटफर्म सञ्चालनको कार्यविधि निर्माण अन्तिम चरणमा छ ।

Skip This