धादिङको गणेशखोला पुलमा भ्वाङ पर्दा पृथ्वी राजमार्ग अवरूद्ध



तस्बिर: सरोज पौडेल

काठमाडौं । धादिङको गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । सोमबार अपराह्न पुल भासिएर खाडल परेसँगै राजमार्ग अवरुद्ध भएको हो ।

धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भ्वाङ परेको हो ।

पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध भएको छ ।


क्लिकमान्डु