सन् २०२२ मा ईयूको रोजगारी दर ७५ प्रतिशत



एजेन्सी । सन् २०२२ मा युरापेली संघ (ईयू) को २० देखि ६४ वर्ष उमेर समूहका ७५ प्रतिशत (१९ करोड ३५ लाख) युवाले रोजगारी पाएका छन् । यो सन् २००९ मा रोजगारी दर रेकर्ड गर्न सुरू भएयताकै धेरै हो ।

कोभिड–१९ महामारीका कारण सन् २०२० मा रोजगारीको दर ७२ प्रतिशतमा झरेको थियो । तर, सन् २०२१ मा यो दर ७३ प्रतिशतमा पुगेको र सन् २०२२ मा थप २ प्रतिशत विन्दुले वृद्धि भएको हो ।

ईयू देशमध्ये ११ वटामा रोजगारी दर ७८ प्रतिशतभन्दा माथि छ । सामाजिक अधिकारको युरोपेली स्तम्भको २०३० कार्य योजनामा निर्धारित तीन लक्ष्यमध्ये एक नेदरल्याण्ड्समा (८३ प्रतिशत), स्विडेन र इस्टोनियामा (८२ प्रतिशत) सहित उच्चतम अवस्थामा छ ।

ईयू सदस्य राष्ट्रमध्ये सबैभन्दा कम रोजगारी दर इटालीमा ६५ प्रतिशत, ग्रिसमा ६६ प्रतिशत र रोमानियामा ६९ प्रतिशत छ ।

सन् २०२२ मा ईयूको अधिक योग्यता दर २२ प्रतिशत थियो, जसमा पुरुष २१ प्रतिशत र महिला २३ प्रतिशत थिए । ईयू मुलुकमध्ये स्पेनमा सबैभन्दा बढी (३६ प्रतिशत), ग्रिस र साइप्रस दुबैमा ३२ प्रतिशत अधिक योग्यता दर छ ।

अधिक योग्यता दर लक्जेम्बर्गमा ७ प्रतिशत, स्विडेन, डेनमार्क, हँगेरी र चकोस्लोभाकिया हरेकमा १४ प्रतिशत अर्थात् सबैभन्दा कम अधिक योग्यता दर देखिएको छ । ईयूका २७ देशमध्ये १९ मा पुरुषको तुलनामा महिलामा बढी योग्यताको दर देखिएको छ ।


क्लिकमान्डु