सरकार र महावीर पुनबीच वार्ता हुने



काठमाडौं । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सोमबार पनि वार्ता हुँदैछ । आईतवार भएको वार्ता मौखिकरुपमा सहमति नजिक पुगेपनि लिखितरुपमा सहमति हुन सकेको छैन ।

सोमबार साढे ३ बजे सिंहदरबारमा वार्ताका लागि बोलाइएको छ । पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रवारबाट अनिश्चितकालीन धर्ना उत्रिएका थिए ।


क्लिकमान्डु