वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा ४ घाइते



काठमाडौं । काठमाडौंको वीर अस्पतालको पुरानो भवनको छतमा लगाइएको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् ।

छत पर्खाल भत्किएर झरेका इँटालगायतका वस्तुले लागेर ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चारै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


क्लिकमान्डु