नेपालीले सटही गर्ने डलरको रकम बढ्यो: उपहार, टिप्सबापत प्राप्त ५ सयसम्म साट्न पाइने



काठमाडौं । विदेशी इष्टमित्र वा ग्राहकहरुबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम अधिकतम ५ सय अमेरिकी डलरसम्म सटही गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यअसघि यो व्यवस्था थिएन ।

यसअघि नेपाली नागरिकहरुसँग अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको खरिद कारोबार गर्न सक्ने व्यवस्था रहेको थियो । अहिले उक्त रकमको सीमा बढाएर ५ हजार पुर्‍याइएको छ ।

उक्त रकम बढाए पनि भन्सार घोषणाको प्रमाणित कागजात भए त्यसतो कागजातमा उल्लेखित सम्पूर्ण रकमको काराबोर गर्न सक्ने व्यवस्था गरेको केन्द्रीय बैंकले जनाएको छ ।


क्लिकमान्डु