सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण



काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भइ मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको सानिमाले जनाएको छ ।

सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे ।

स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधि उपचार बीमा, २५ हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।


क्लिकमान्डु