सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काडमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा शुक्रबार १४ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु