डाबर नेपालले नौ अर्ब ६८ करोड थप लगानी गर्ने



काठमाडौं । लगानी बोर्ड नेपाल र डाबर नेपालबीच पुर्नलगानीका रुपमा लगानी हुने परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अघिबृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्नका लागि पुर्नलगानीका रुपमा लगानी हुने परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बिहीबार लगानी बोर्डको कार्यालयमा उद्योग मन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपाल प्रालीका बिजनेस हेड हरकिरत सिंह बेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

डाबर नेपालले पेस गरेको क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण सम्बन्धी परियोजा प्रस्ताव अनुसार ९ अर्ब ६८ करोड थप लगानी हुने भएको छ ।

समझदारी पत्रमा हस्ताक्षर भएपश्चात् डाबर नेपालका बिजनेस हेड बेदीले नेपालमा आर्जिक पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको बताएका छन् ।


क्लिकमान्डु